You are viewing the translated version of मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधि.
Rule 39
मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधि
: (१) मेलमिलापका लागि छलफल गर्दा मुद्दाका पक्षहरु मिलापत्र गर्न मन्जुर नभएमा मन्जुर नभएको मितिले सात दिनभित्र मेलमिलापकर्ताले मेलमिलाप हुन नसकेको भन्ने प्रतिवेदन अदालतमा पेश गर्नु पर्नेछ। त्यस्तो प्रतिवेदन प्राप्त भएमा अदालतले कानून बमोजिम मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ।
(२) मेलमिलापका लागि अदालतबाट तोकिएको अवधि भुक्तान भएको सात दिनसम्ममा पनि: उपनियम (१) बमोजिमको प्रतिवेदन पेश हुन नआएमा . अदालतले कानून बमोजिम मुद्दाको कारबाही अगाडि बढाउनु पर्नेछ।
(३) मुद्दाका पक्षहरु मेलमिलाप- प्रक्रिया टुङ्गो लागेको मितिले सात दिनभित्र अदालतमा अनिवार्य उपस्थित हुनु पर्नेछ।